मेलम्चीमा बस दुर्घटना, आठ जना घाइते

२०८२ असार १४, शनिबार

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

भोताङबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस शनिबार दिउँसो करिब १ बजे दुर्घटनामा परेको हो।इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार, बस मेलम्ची नगरपालिका–१० को रामपुरबेसीस्थित बजारपारिको सडकमा दुर्घटना भएको हो।दुर्घटनामा परी बसमा सवार ८ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार