पिपुल्स पावरले असार २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

२०८२ असार १४, शनिबार

काठमाडौं : पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा १०० रूपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। तसर्थ, असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सु्र्खेत, धनगढी शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय सहित मेरो शेयर अनलाइन मार्फत् पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन गरी बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार