टेरामक्स अनियमितता: पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित

२०८२ असार १५, आईतवार

काठमाडौँ : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत आइतबार आफैं विशेष अदालतमा उपस्थित भएका हुन् ।

विशेष अदालतमा उनको बयानको तयारी भएको छ । अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । यो बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

पूर्वमन्त्री बस्नेतले आफैं विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका हुन् । निलम्बित सांसद बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयमा टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार