आलमलाई सफाइविरुद्ध सर्वोच्चमा तत्काल पुनरावेदन गर्न रास्वपाको माग, महान्यायाधिवक्तालाई पत्र

२०८२ असार १५, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध तत्काल पुनरावेदन गर्न माग गरेको छ। रास्वपा सांसद सुमना श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएर सर्वोच्चमा पुनरावेदन गर्न माग गरेकी हुन्।

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा आलमलाई जेठ १४ गते सफाइ दिएको थियो। सोही मुद्दामा जिल्ला अदालत रौतहटले भने उनीसहित चारजनालाई दोषी ठहर गरी जन्म कैदको सजाय तोकेको थियो। आलम ललितपुरको नख्खु कारागारमा जन्म कैद भुक्तान गरिरहेका थिए। उच्चको फैसलापछि उनी रिहा भइसकेका छन्।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घाइतेलाई इँटा भट्टामा लगेर जलाएको अभियोग आलममाथि छ। तर उच्च अदालतले भने उक्त घटना नै भएको भन्ने एकिन नरहेको फैसलाको पूर्ण पाठमा उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार