काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ८८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६५ रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर २ हजार १ सय ४० रूपैयाँ कायम भएको छ ।










