असल किसान भएको देशमा कृषि नीति खराब हुँदा दुःख भयो : सुदन किराती

२०८२ असार १५, आईतवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले खराब कृषि नीति हुँदा किसानहरुले दुःख पाइरहेको बताएका छन् । धान दिवसको अवसरमा गृहजिल्ला भोजपुरमा पुगेका नेता किरातीले कृषकको पक्षमा कृषि नीति बनाउन आवश्यक रहेको बताएका हुन् ।

‘असल किसान भएको देशमा खराब कृषि नीति हुँदा खाध्यमा दुःख भोगी राख्नु परेको छ। असल किसानहरुलाई सम्मान गर्न र किसानको पक्षमा कृषि नीति बदल्न हामी सबैको जिम्मेवारी हो,’– उनले भने ।

उनले कृषिमा क्रान्तिकारी परिवर्तन गर्छु भन्ने दलहरु पटक–पटक सत्ताको नेतृत्व गर्दा पनि माखो नमारेकोले आज किसानहरु राजनीतिबाट निराश भएको बताए । प्रत्येक वर्ष किसानसँग असार १५ मा खेतमा धान रोप्न जाने किरातीले यो वर्ष पनि आफ्नै गृह जिल्लाको पौवादुम्मा–२ खेसाङमा नौमती बाजागाजा सहित बेठी लगाएर भव्य रुपले धान दिवस मनाए ।

उक्त कार्यक्रममा जेष्ठताको आधारमा ५ जना पुरुष र ५ जना महिला अगुवा किसानहरुलाई कपडा प्रदान गरी सम्मान सम्मान गरिएको छ । साथै, कृषि सामाग्रीको उपहार राखी चिठ्ठा कार्यक्रम समेत राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार