इजलासमा थुनछेक बहस चलिरहँदा काठमाडौँ अदालतको शौचालयबाट थुनुवा फरार

२०८२ असार १५, आईतवार

काठमाडौँ : जिल्ला अदालत काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्।

आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार भएका हुन्।

उनलाई आइतबार म्याद थपका लागि प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा थुनछेक बहसका लागि लगिएको थियो। तर ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएको एसपी बोहराले बताए।

हतकडीसहित फरार भएका शाहीले सेतो टि-सर्ट बाहिर खरानी रंगको टाटेपाटे सर्ट, कालो पाइन्ट र सेतो जुत्ता लगाएका छन्। उनको खोजतलास भइरहको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार