फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक

२०८२ असार १५, आईतवार

काठमाडौं : साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ ।

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरियो । ‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट टिजर सुरु हुन्छ । टिजरमा शीर्ष कलाकार सौगात मल्ल, बेनिशा हमालको बालापनदेखि सम्बन्ध विवाहमा बदलिएपछि आउने उतारचढावको कथा यसमा छ ।

फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।तुलसीदेवी फिल्म प्रालिले जुनतारा फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।

पटकथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोलकुमार कार्की र विकास राज जोशी निर्माताको रुपमा छन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार