काठमाडौं : नेपाली सेनाले इन्टेलिजेन्स निर्देशनालय महासेनानीलाई सरुवा गर्दै त्यहाँ डीबी बोहोरा (डम्बरबहादुर बोहोरा)लाई ल्याएको छ। केही दिन अघि २० भन्दा बढी महासेनानी (कर्नेल) को सरुवा गर्दै नम्बर ९ बाहिनी अड्डाकार बोहरा सैनिक इन्टेलिजेन्स निर्देशनालयमा सरुवा गरेको हो। २२ जना महासेनानीको जिम्मेवारी हेरफेर गर्ने क्रममा बोहोरालाई इन्टेलिजेन्स निर्देशनालयमा ल्याएको हो।
नेपाली सैनिक वार कलेजका मिलन तुलाचनलाई रणनीतिक अध्ययन तथा योजना निर्देशनालयमा र उपत्यका पृतना हेडक्वार्टरका वीरेन्द्र मल्ल ठकुरीलाई एम्युनिशन कार्य महाशाखामा सरुवा गरिएको छ। त्यस्तै रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका मनोज थापा मध्यपूर्वी पृतना हेडक्वार्टरमा र सैनिक सामाग्री प्राप्ति निर्देशनालयमा रहेका सुधिर केसी नम्बर ९ बाहिनी अड्डा पुगेका छन्। गुणस्तर नियन्त्रण महाशाखाका सुधिर केसीलाई सैनिक सचिव विभागमा तानिएको छ।
सोही विभागका मनोज भण्डारीकोनम्बर २६ वाहिनी अड्डामा सरुवा भएको छ। उपत्यका पृतना हेडक्वार्टरका सुरज वैदवार नेपाली सैनिक प्रतिष्ठान, एम्युनिशन कार्य महाशाखाका लक्ष्मीभक्त श्रेष्ठको मध्यपूर्वी पृतना हेडक्वार्टरमा सरुवा भएको छ। सरुवा हुने अन्य महासेनानीमा नेपाली सैनिक बार कलेजका गौतमचन्द्र केसीको नम्बर २२ बाहिनी अड्डा, जंगी असवाव खानाका दिनेश अधिकारी राष्ट्रिय प्रतिरक्षा महाविद्यालय, पूर्वी असवाव खानाका पंकजराज पोखरेललाई उपत्यका पृतना हेडक्वार्टरमा लगिएको छ।
मध्यपश्चिम पृतना हेडक्वार्टरका झुलेन्द्रविक्रम बस्नेत विशेष फौज वाहिनी पुगेका छन्। नम्बर ६ वाहिनी अड्डाका शिखर जंगबहादुर राणा सैनिक वार कलेजमा, नीति तथा योजना निर्देशनालयका पवनकुमार खड्का श्रव्यदृश्य तथा प्रकाशन महाशाखा, विशेष फौज वाहिनीका समुन्द्र थापालाई मध्य पृतना हेडक्वार्टर र सैनिक संगठन निर्देशनालयका प्रकाश थापालाई सैनिक कमाण्ड तथा स्टाफ कलेजमा लगिएको विभागले जनाएको छ।
महासेनानी सैनिक सचिव विभागका विश्वनाथ तिमिल्सिना सुदूरपश्चिम पृतना हेडक्वार्टर पुगेका छन्। निरीक्षण निर्देशनालयका विजय बस्नेत सैनिक सचिव विभागमा,सोही विभागका विकास केसी गुणस्तर नियन्त्रण महाशाखा र मध्यपश्चिम पृतना हेडक्वार्टरका सन्जिव सिलवाललाई सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा गरिएको सैनिक सचिवालयले जनाएको छ।










