तेह्रथुम पावरको हकप्रद शेयर बिक्री खुला

२०८२ असार १६, सोमबार

काठमाडौं : तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रूपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । तसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन ४ गते निर्धारण गरिएको छ ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नुका साथै बैंकको कर्जा तिर्न उपयोग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार