काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अशोक कुमार आचार्य नियुक्ति भएका छन् ।
कम्पनीको असार १५ गते आइतबार बसेको संचालक समितिको बैठकले आचार्यलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी साउन १९ गते देखि लागू हुनेछ ।





