अमेरिकाले फेरि तीन नेपालीलाई गर्‍यो निष्कासन

२०८२ असार १७, मंगलवार

काठमाडौं : अमेरिकाले अवैध रूपमा बसोबास गरेको आरोपमा तीन जना नेपालीलाई निष्कासन गरेको छ । निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक/एक जना रहेका छन् । अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार उनीहरूलाई असार ११ र १२ गते एयर इन्डियाको जहाजमार्फत भारत हुँदै काठमाडौं फर्काइएको हो ।

आइस प्रहरीका अनुसार यी व्यक्तिहरूलाई अमेरिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । पक्राउका क्रममा उनीहरूसँग कुनै वैधानिक कागजात नभेटिएको बताइएको छ । अमेरिकास्थित नेपाली दूतावाससँगको समन्वयमा ुट्राभल डकुमेन्टु व्यवस्था गरी उनीहरूलाई नेपाल फर्काइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिलाई कडा बनाउँदै अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूमाथि धरपकड तीव्र पारेको छ । यसै क्रममा नेपालीहरू पनि पटक-पटक निष्कासनमा परेका छन् । गत जेठको अन्तिम साता पनि अमेरिकाले ३७ जना नेपालीलाई एकै पटक निष्कासन गरेको थियो। तीमध्ये ३२ पुरुष र ५ महिला थिए, जसलाई ओम्नी एयरलायन्सको जहाजमार्फत काठमाडौं फर्काइएको थियो ।

निष्कासित नेपालीहरू अधिकांश तल्लो बाटो (मेक्सिको हुँदै) अवैध रूपमा अमेरिका प्रवेश गरेको र केहीलाई सीमा क्षेत्र वा काम गर्ने स्थानबाट पक्राउ गरिएको आइस प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार