काठमाडौँ : गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाइ आज पनि नहुने भएको छ। सर्वाेच्च अदालतमा न्यायाधीशद्वय हरि प्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको इजलासमा सुनुवाइ तोकिए पनि हेर्न नमिल्ने भएको हो।
न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा तेस्रो नम्बरमा सुनुवाइ तोकिएको थियो। तर फुयालको पूर्वसहकर्मी कानुन व्यवसायीको वकालतनामा परेको कारण हेर्न नमिल्ने भएको कानुन व्यवसायीहरुले बताएका छन्। आज समेत हालसम्म यो निवेदन चौथो पटक हेर्न नमिल्ने भएको हो।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले जेठ १४ मा भएको प्रारम्भिक बहसपछि नेपाल सरकारसहितका विपक्षीहरुलाई गभर्नर नियुक्तिको आधार पुष्टि गर्ने प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।





