काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले संघीय निजामती सेवा विधेयक-२०८२ मा कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरूको काम भएको आरोप लगाएका छन्। सञ्चारकर्मीहरूसँग सिंहदरबारमा मंगलबार बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘लामो छलफलपछि ४ जना मन्त्री बसेर रक्षा, गृह, संघीय मामिला र शिक्षामन्त्री बसेर गृहमन्त्रीले नै सुनाउनुभएको छ। हामी दुई वर्षको कुलिङ पिरियडमा सहमति छ भनेर। यो विधेयक त्यसपछि पास भएको हो। एक थरी सचिवहरू प्रधानमन्त्रीलाई संयुक्त रुपमा राजीनामा दिन्छौँ भनेर धम्की दिन गए भन्ने सुनेको हो। सर्वसम्मतिले पास गरेका हौँ, भाषा मिलाउने, माथि र तल दफाहरूको नमिलेका कुरा मिलाउने काम हुन्छ,’ उनले भने, ‘यसमा राज्य व्यवस्था समितिको सचिवालय र विधेयक संघीय मामिला मन्त्रालय र कानून मन्त्रालयसँग जोडिएकाले यि तीनथरी बसेर यसलाई सच्याउने काम हुन्छ। यो बदमासी भयो।’





