विपद्‌मा काठमाडौं उपत्यकाभित्र उद्दारका लागि निःशुल्क हेलिकप्टर परिचालन गरिने

२०८२ असार १७, मंगलवार

काठमाडौँ : विपद्‌मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्ने सम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ वीच हवाई उद्दारका लागि सम्झौता भएको हो ।

समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रुपमा हेलिकप्टर परिचालन गर्ने÷गराउने व्यवस्था मिलाउने भएको छ ।

त्यसैगरी विपद्को समयमा नागरिकहरुको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजि हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउदै परिचालन गरिनेछ । वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रुपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ । त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अध्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृहमन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार