काठमाडौँ :पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधेयकको दफामा हेरफेर हुनु गम्भीर राजनीतिक तथा फौजदारी अपराध भएको बताएका छन्।
‘राज्य व्यवस्था तथा सुशासन समितिद्वारा सर्वसम्मत रूपमा पारित भई प्रतिनिधि सभाले समेत स्वीकृत गरेको निजामती सेवा विधेयकको दफामा हेरफेर हुनु गम्भीर राजनीतिक एवम् फौजदारी अपराध हो,’ थापाले मङ्गलबार (आज) दिउँसो फेसबूकमा लेखेका छन्।
थापाले यसबारे सभामुखले छानबिनका लागि कदम चाल्नुपर्ने माग गरेका छन्। ‘सभामुखले यसबारेमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्दछ,’ थापाले लेखेका छन्।
गत १४ गते प्रतिनिधि सभाले पारित गरेको निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी हेरफेर भएको पाइएको छ। त्यसका प्रति अहिले आलोचना भइरहेको छ। सुरुमा दुईवर्षे कुलिङ पिरियड राखिएकामा पारित विधेयकमा त्यो हटाइएको छ।





