चितवन : चितवनमा एक व्यक्तिले आत्मदाह गरेका छन् ।
रत्ननगर नगरपालिका–९, कपुरखोरीका ५६ वर्षीय वीरबहादुर राउतले आत्मदाह गरेका प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ६ बजे उनले उनकै घरमा आत्मदाह गरेका हुन् ।
शरीरको कम्मरदेखि माथिल्लो भाग जलेका उनको घटनास्थलमै मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।





