लुम्बिनीमा सरकारलाई दिएको समर्थन लोसपाले लियो फिर्ता

२०८२ असार १७, मंगलवार

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठकमा लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख तुलाराम घर्तीलाई जानकारी गराएका हुन् । प्रदेशमा लोसपाका तीनजना सांसद छन् ।

यसअघि जनता समाजवादी पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपालका एक जना मात्र सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार