भिजिट भिसा प्रकरणमा माओवादी कन्भिन्स भयो, अरुले कुरा बुझेनन् : रमेश लेखक

२०८२ असार १८, बुधबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल कन्भिन्स हुँदा पनि अन्य दलले कुरा नबुझेको बताएका छन् ।

मंगलबार पार्टीेको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको बताए । उनले भिजिट भिसा प्रकरणमा अध्यागमनका तत्कालीन प्रमुखमाथि अहिले छानविन चलिरहेको उनले जानकारी गराए । ‘प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,’– उनले भने ।

उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गर्ने वित्तिकै आफूमाथि संलग्न भएको जसरी प्रचार गरिएको उनले बताए । ‘म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार