वर्तमान सरकारको आयु धेरै दिन छैन : अग्नि सापकोटा

२०८२ असार १८, बुधबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारको आयु धेरै दिन नरहेको टिप्पणी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलभित्रै सरकारबारे चर्को अन्तरविरोध रहेको भन्दै धेरै दिन नटिक्ने दाबी गरेका हुन् ।

‘सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएको छ । सरकारको आयु धेरै दिन छैन भन्ने अनुमान लगाउन सकिन्छ,’– उपाध्यक्ष सापकोटाले भने । यद्यपि, आफूहरु सरकार ढाल्ने खेलमा नरहेको पनि उनले बताए । उनले वर्तमान कांग्रेस–एमालेसहितको गठबन्धन सरकार अधिनायकवादको दिशातर्फ गएको पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार