पत्रकार दिलभूषण पाठक जिल्ला अदालत उपस्थित

२०८२ असार १९, बिहीबार

काठमाडौं : पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् । पाठकको आजै बयान हुने र बयानपछि थुनछेक बहस शुरू हुनेछ । युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार