काठमाडौं : नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या आएपछि सचिवालय बैठक स्थगित भएको छ।
बिहीबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महासचिव भुसालको स्वास्थ्यमा समस्यापछि स्थगित भएको हो। अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ।
आजको बैठकमा नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो कुरा राख्न समय माग गरेकी थिइन्।





