काठमाडौँ : काठमाडौं महानगरका प्रहरीले ग्राहकको मोटरसाइकलमा ह्विल लक गरेको विरोधमा न्यूरोडका व्यवसायीहरू विरोधमा उत्रिएका छन्।
ग्राहकले एकै छिन बाइक रोक्दा समेत लक गर्न थालेको भन्दै न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन्।
प्रहरीबाट ज्यादती भएको बताउँदै व्यवसायीले पार्किङ नदिँदा समस्या भइरहेको विषय सुनुवाइ नभएपछि शान्तिपूर्ण विरोध गरेको बताए।





