दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

२०८२ असार १९, बिहीबार

काठमाडौं : पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगैं पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार