सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

२०८२ असार १९, बिहीबार

काठमाडौं : नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।

सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् । यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ । सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो ।

उनीहरुबाट अपचलन भएको रकम भराउने समेत आदेश भएको एक सैनिक अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार