बढ्यो अन्डाको मूल्य, कति पुग्यो प्रतिक्रेट ?

२०८२ असार १९, बिहीबार

काठमाडौं : शुक्रबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाइएको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले भोलि शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।

संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार