विचार मिल्नेसँग एकता गरेर जाने हो : माधव नेपाल

२०८२ असार २०, शुक्रबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा विचार मिल्नेसँग एकता गरेर जाने ब्रिफिङ गरेका छन् ।

बिहिबार बसेको सचिवालय बैठकमा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन प्रयत्न गर्नुपर्ने बताए । बिहिबार बैठक केही समय मात्रै बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले लगाएको मुद्दा लगायतको विषयमा छलफल भएको थियो ।

अध्यक्ष नेपालविरुद्ध मुद्दा लागेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि चर्चा भएको थियो । उनले बिहिबार बैठकमा बोल्नको लागि समय मागेकी थिइन् । तर पत्रपछि नेताहरूको स्वास्थ्यमा समस्या आएको देखाउँदै बैठक सारियो । अर्को बैठक २२ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार