नाइट क्लबबाहिर गोली चल्दा ४ जनाको मृत्यु, १४ घाइते

२०८२ असार २०, शुक्रबार

काठमाडौँ : अमेरिकाको सिकागोस्थित एक नाइट क्लबबाहिर भएको गोलीबारीमा कम्तीमा ४ जना मारिएका छन् । त्यस्तै घटनामा १४ जना घाइते भएका छन् ।

सिकागो प्रहरीका अनुसार स्थानीय समयअनुसार बुधबार राति ११ बजेतिर उक्त घटना भएको हो । क्लबबाहिरको सडकमा गुडिरहेको कारमा रहेका बन्दुकधारीले जथाभावी गोली चलाएका हुन् ।

र्‍यापर मेलो बकजको एल्बम सार्वजनिक कार्यक्रम रहेकाले पनि नाइट क्लबबाहिर भिड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार