खानेपानीमा महानगरको निगरानी: ६३ वटा जार जफत

२०८२ असार २०, शुक्रबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो ।

शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ । काठमाडौँ महानगरभित्र छिर्न लागेका २२ वटा सवारी साधनबाट ६३ वटा जारहरू जफत गरिएको नगर प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार