हिमाचल प्रदेशमा बाढी-पहिरो: ४३ जनाको मृत्यु, ३७ व्यक्ति बेपत्ता

२०८२ असार २०, शुक्रबार

काठमाडौँ : भारतको हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बाढी-पहिरोका कारण त्यहाँ अहिलेसम्म ४३ जनाको मृत्यु र ३७ व्यक्ति बेपत्ता भएको बताएका छन्। बीबीसी हिन्दीसँग डीसी राणाले भनेका छन्, ‘हिमाचल प्रदेशमा जुन १९ मा मनसुन भित्रिएको थियो। त्यसपछि निरन्तर वर्षा भइरहेको छ। धेरै ठाउँमा क्षति भएको छ।’

डीसी राणाका अनुसार वर्षाकै समयमा सवारीसाधन दुर्घटनाका कारण पनि २६ जनाको मृत्यु भएको छ। उनले हिमाचल प्रदेशमा वर्षाकै कारण ५०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी पनि दिएका छन्। वर्षाले सबैभन्दा बढी असर मन्डी जिल्लामा परेको छ। यस जिल्लामा २० जनाको मृत्यु भएको छ भने ८० घर ध्वस्त भएका छन्।

हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण व्यास नदी उर्लिएको छ। यसैबीच, भारतको मौसम विज्ञान विभागले जुलाई ७ सम्मका लागि अलर्ट जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार