सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ : मन्त्री भण्डारी

२०८२ असार २०, शुक्रबार

अमरगढी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

डडेल्धुरामा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले सरकारको  जनपक्षीय काम देखेर अत्तालिएकाहरूले वर्तमान सरकारप्रति विरोध गरिरहेका बताए  । उनले भने, ‘वर्तमान सरकार जनआकाङ्क्षा पूरा गर्न लागिपरेको छ । यो संयुक्त सरकार हो, संयुक्त सरकारबाट एकल सरकारको जस्तो अपेक्षा पूरा नहुन सक्छन् । तर सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।’

मन्त्री भण्डारीले हालको राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाबारे प्रकाश पारेका थिए । उनले विशेषगरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सृजना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको जानकारी दिनुका साथै स्थानीय तहका कार्यकर्ताको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए ।

भेटवार्तामा कार्यकर्ताहरूले जिल्लाको विकास, रोजगारी, व्यावसायिक विस्तार तथा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा सुझाव, गुनासो र अपेक्षाहरू राखेका थिए ।

मन्त्री भण्डारीले ती सबै सुझावलाई गम्भीरतापूर्वक लिनुका साथै समाधानका लागि मन्त्रालय तथा पार्टीस्तरमा पहल गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार