काठमाडौँ : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिएमा आफू सभापति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
खतिवडाले शुक्रबार केन्द्रीय समिति बैठकमा विवादित विधेयकबारे उठेको प्रश्नको सन्दर्भमा आफू जिम्मेवारी लिन तयार रहेको बताएका हुन् । खतिवडाले भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ । पार्टीले बाहिर बस् भने म बाहिर बस्न तयार छु ।’
संघीय निजामती सेवा सम्बन्धी विधेयकको दफा ८२ मा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान समितिबाट पारित भएको भन्दा फरक रुपमा संशोधित भएपछि खतिवडा विवादमा तानिएका हुन् ।





