रविको पक्षमा चलेको हस्ताक्षर अभियानप्रति महेश बस्नेतको आपत्ति: बालबालिकाको दुरुपयोग निन्दनीय छ

२०८२ असार २१, शनिबार

काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय रहेको बताएका छन् ।उनले भनेका छन्– ‘बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ। यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ।’

उनले थप भनेका छन्– ‘अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्। सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो।’

कानुनको शासन र बालअधिकारको संरक्षण सधैँ पहिलो प्राथमिकतामा रहनुपर्ने भन्दै उनले यसमा सम्झौता हुन नहुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार