पोखरीमा डुबेर दिदी-बहिनीको मृत्यु

२०८२ असार २४, मंगलवार

धनुषा : जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदी-बहिनीको मृत्यु भएको छ। उनीहरूको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोही कुमारी राउत र तीन वर्षीया मैथिली कुमारी राउत छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए। दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीहरूलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए।

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे। प्रहरीले जनाएअनुसार उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार