पहिरोमा परेर श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८२ असार २४, मंगलवार

बुटवल : पाल्पा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा मन्दिर नजिक पहिरोमा परेर गम्भीर घाइते एक जनाको मुत्यु भएको छ ।

घटनामा एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पाल्पा रामपुर नगरपालिका- ६ तालपोखरा घर भएका जनक भण्डारी हुन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलका चालक भण्डारीको मृत्यु भएको र मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती कल्पना चापागाईं घाइते भएको प्रहरी चौकी दोभानका प्रमुख रुमबहादुर केसीले जानकारी दिए ।

दिउँसो ४ बजेतिर सडक माथिबाट पहिरो खस्दा मोटरसाइकलका चालकलाई लागेको र उनी उछिट्टिएर करिब ३० मिटर तल तिनाउ खोला किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार