सुनको सिक्री लुटेर भाग्दै गरेका दुईजना पक्राउ

२०८२ असार २५, बुधबार

काठमाडौँ : काठमाडौँमा सार्वजनिक यातायातबाट सुनको सिक्री लुटेर भाग्न लाग्दा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङ घर भइ काठमाडौँ बसपार्क बस्ने वर्ष ३२ को राजु गुरुङ र सिन्धुपाल्चोकका वर्ष ४० को पूर्ण गदाल रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार असार २४ गते, अन्दाजी ६ः३० बजेको समयमा काठमाडौँ महानगरपालिका–३ तिलिङ्गेटारस्थित सडक खण्डमा बसुन्धारातर्फ आउँदै गरेको सार्वजनिक यातायातमा सवार व्यक्तिले घाँटीमा लगाएको रु. १ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको सुनको सिक्री लुटपाट भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार