
काठमाडौं : दुर्गेश थापाले भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा तयार पारेको गीत ‘जाने भए जाम माया’ युट्युबमा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमा चर्चामा रहेकी गुराँस नानीलाई फिचर्ड गर्दै तयार पारिएको यो गीत डान्सिङ ट्रयाक शैलीमा तयार पारिएको छ । दुर्गेशले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको यो गीत युट्युबको संगीत खण्डतर्फको तेस्रो स्थानमा छ ।
यो गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो । स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन् । साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन् ।
भिडियोमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन् । शिव विकको नृत्य निर्देशन रहेको गीतमा हरि हुमागाईंको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।