सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु

२०८२ असार २६, बिहीबार

काठमाडौं : झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित तीन जनाको ज्यान गएको छ ।

झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा भारतीय बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

स्कुटर चालक कचनकवल–३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशीको बुधबार नै ज्यान गएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते रहेका उनका सात वर्षीय नाति आयुष राजवंशीको बुधबार राति उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बले बताए ।

यसैगरी, उक्त दुर्घटनामा श्रीप्रसादकी २७ वर्षीया बुहारी उर्मिला राजवंशी घाइते भएका छन् । उनको अवस्थामा पनि गम्भीर रहेको छ । बिएण्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्षमा उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार