काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै हस्ताक्षर अभियान चलाइरहेको छ। यसैबीच, अभिनेत्री मनीषा कोइरालाले लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छिन्।
आज रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा रास्वपा कार्यलयमै पुगेर उनले हस्ताक्षर गरेकी हुन्। ‘न्यायका लागि’ हस्ताक्षर गरेको भन्दै उनले लामिछानेमाथि राज्यले अन्याय गरेको आरोप लगाइन्।
‘म कुनै पनि पोलिटिकल पार्टीसँग आबद्ध छैन। एउटा आम नागरिकको नाताले जुन राज्यबाट अन्याय भइरहेको छ त्यसविरुद्धमा आवाज उठाउन आएको हुँ,’ उनले भनिन्।





