कैलालिमा करेन्ट लागेर एकको मृत्यु

२०८२ असार २६, बिहीबार

टीकापुर : टीकापुर नगरपालिकामा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ९ पायल गाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर ज्यान गएको हो।

उनलाई घरभित्रको टिनको छानामा ठोक्किएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिए।

करेन्ट लागेर घाइते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार