युके पठाइदिने भन्दै ४१ लाख ठगी गर्ने युवती पक्राउ

२०८२ असार २६, बिहीबार

काठमाडौँ : प्रहरीले युके पठाइ दिने भनी एकचालिस लाख पचास हजार रुपियाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी (पूर्व) सुनवल नपा १ स्थायी घर भई हाल ललितपुर मनपा २३ बस्ने २९ वर्षीया  अकृजा भन्ने बिन्दु पोखरेललाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि युके पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार