लोकतन्त्रको विकल्प छैन : सभामुख घिमिरे

२०८२ असार २९, आईतवार

भक्तपुर : सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक शनिबार यहाँ विमोचन गर्दै उनले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट भएकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु संसदीय दल र नेताहरुको कर्तव्य हो भने । जनताले महसुस गर्नेगरी सेवा प्रवाह गर्न राजनीतिक दलहरूले व्यवस्था सुदृढ गर्नुपर्ने बताउँदै उनले मानव जातिलाई प्रगतिको पथमा लैजान र वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले नेता योगेश भट्टराई, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, कांग्रेस नेता दुर्लभ थापा र जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले पुस्तकका विविध पक्षबारे समीक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार