बेगनास ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

२०८२ असार २९, आईतवार

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनास ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिका–३१ अन्तर्गत बेगनासताल परिसरमा निर्मित वराह क्षेत्र, वराहथान, पञ्चायन देवता, लक्ष्मी नारायण मन्दिरको प्राण प्रतिष्ठान एवं उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले बेगनास ताललाई सौन्दर्य कुञ्जका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीयको चाहनाअनुसार धार्मिक र पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको विकास गर्न सकिने उल्लेख गर्दै उनले यसबाट आर्थिक आयआर्जन र पर्यटकको बसाइ लम्ब्याउन मद्दत पुग्ने बताए ।

ताल संरक्षण, अतिक्रमणको रोकथाम तथा गुरुयोजनाअनुसार विकास गर्न उनले स्थानीयलाई आग्रह गरे । पोखरालाई ‘पर्यटकीय हब’ बनाउने अभियानमा बेगनास तालको विशेष भूमिका रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले ताल क्षेत्रका व्यवसाय आधुनिकीकरणतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार