काठमाडौं : बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । त्यस्तै बंगलादेशले पनि श्रीलंकामाथि ९-१ को फराकिलो जित निकालेको थियो ।
नेपालले बंगलादेशलाई हराएर अघिल्लो संस्करणको फाइनल हारको समेत बदला लिँदै दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ ।





