काठमाडौँ : पूर्वनिर्वाचन आयुक्त र पूर्वपत्रकार इला शर्माको हृदयघातका कारण भएकाे निधनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दु:ख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले एक असल साथी गुमाएको बताउँदै दुःख व्यक्त गरेकी हुन्।
उनले लेखेकी छिन्, ‘निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको असामयिक निधनको खबरले धेरै मर्माहत भएकी छु। उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको शान्तिको कामना गर्छु। साथै यो दुखद समयमा सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्छु। नेपाली पत्रकारिता र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय एक असल साथी गुमाउनुपर्दा मलाई धेरै पीडा भएको छ।’
पूर्वनिर्वाचन आयुक्त शर्माको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको थियो। उनका दुई छोरी छन्।





