मध्यरातमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

२०८२ असार ३०, सोमबार

काठमाडौँ : सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आइतबार मध्यरातमा एक किशोरीको गोली हानी विभत्स हत्या गरिएको छ।

हरिनगर–६, घुस्कीस्थित आफ्नै घरमा सुतिरहेकी १८ वर्षीया अर्सी खातुनको हत्यामा उनकै भिनाजु संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाका अनुसार आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६, घुर्ना निवासी २९ वर्षीय आजात मिया जटले खातुनको टाउकोमा गोली प्रहार गरेका थिए। गोली प्रहारबाट गम्भीर चोट लागेकी खातुनको घटनास्थलमै मृत्यु भएको थियो।

“घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो,” एसपी तिम्सिनाले भने, “प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका भिनाजुले नै गोली हानेको देखिन्छ।” प्रहरीले घटनास्थलबाट गोलीको एउटा खोका बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार