शेख हसिनाको छोरीलाई डब्ल्यूएचओले गर्‍यो कारबाही

२०८२ असार ३०, सोमबार

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बङ्गलादेशमा भ्रष्टाचारको आरोप खेपिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदमाथि कारबाही गरेको छ। डब्ल्यूएचओले साइमा वाजेदलाई बिदामा पठाएको छ।

साइमा सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक हुन्। सङ्गठनको क्षेत्रीय निर्देशक साइमा वाजेद हाल बिदामा भएको डब्ल्यूएचओले भनेको छ। यस अवधिमा डा.क्याथरिना बोहेमले प्रभारी अधिकृतको रूपमा काम गर्ने भनिएको छ ।

सङ्गठनले साइमा वाजेदलाई बिदामा पठाउनुको कारण स्पष्ट पारेको छैन। यतिबेला यस विषयमा आफूसँग थप कुनै टिप्पणी नभएको सङ्गठनको भनाइ छ। डा. क्याथरिना बोहेम जुलाई १५ मा नयाँ दिल्लीस्थित डब्ल्यूएचओ एसईएआरओ कार्यालयमा पुग्ने अपेक्षा गरिएको छ।

धोखाधडी, जालसाजी र शक्तिको दुरुपयोगको गम्भीर आरोपमा चलिरहेको अनुसन्धानबिच साइमा वाजेदलाई अनिश्चितकालीन बिदामा पठाउने विश्व स्वास्थ्य सङ्गठनको फैसलाको स्वागत गर्दछौँ भनेर डब्ल्यूएचओको कारबाहीतर्फ औँल्याउँदै बङ्गलादेशका अन्तरिम सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका छन्। यसलाई उनले जवाफदेहिता तर्फको महत्त्वपूर्ण पहिलो कदम भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार