साफ यू-२० महिला च्याम्पियनसिप : आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

२०८२ असार ३१, मंगलवार

काठमाडौं : साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशमा जारी खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ ।

अब गोलअन्तरमा आफुलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ । प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार