काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर २ हजार २ सय ७५ रूपैयाँ कायम भएको छ ।





