तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

२०८२ असार ३१, मंगलवार

दार्चुला : तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्। दिउँसो १२ बजे दुम्लिङबाट तुइनमार्फत महाकाली नदी तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुडिदा महाकाली नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।  बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार